वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
प्रादेशिक लेखाङ्कन तथा वित्तीय प्रतिवेदन
प्रणालीगत र यथार्थपरक लेखाङ्कन: कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (CGAS) र अन्य विद्युतीय प्रणालीको प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबारको वास्तविक समयमा (Real-time) अद्यावधिक र भरपर्दो लेखाङ्कन गर्ने/गराउने।
एकीकृत वित्तीय विवरण तयारी: नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS) को ढाँचा र मापदण्ड अनुरूप प्रदेश सरकारको विनियोजन, राजस्व र धरौटीको मासिक, चौमासिक र वार्षिक एकीकृत वित्तीय विवरण (Consolidated Financial Statements) तयार गर्ने।
वित्तीय तथ्याङ्क विश्लेषण र प्रतिवेदन प्रस्तुति: तयार गरिएको प्रादेशिक वित्तीय विवरण तोकिएको समयसीमाभित्र महालेखा नियन्त्रक कार्यालय, महालेखापरीक्षकको कार्यालय र प्रदेश अर्थ मन्त्रालयमा पेस गर्ने तथा सरोकारवालाको जानकारीका लागि वित्तीय तथ्याङ्कहरूको सार्वजनिकीकरण गर्ने।