NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७

हाम्रो मिशन

परिचय

प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधाम, धनुषा, मधेश प्रदेश, प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने अर्थ मन्त्रालय अन्तर्गत विभाग स्तरको निकाय हो । यो कार्यालय २०७४ साल फाल्गुन १ मा स्थापना भएको हो । यस कार्यालयले आर्थिक प्रशासन सम्वन्धमा आवश्यकता अनुसार विभिन्न निकायहरुसँग समन्वय गरी प्रदेश संचित कोषको लेखा अध्यावधिक राख्ने तथा सो को एकिकृत बार्षिक वित्तीय विवरण तयार गरी अर्थ मन्त्रालय,  महालेखा नियन्त्रक कार्यालय र महालेखापरीक्षकको कार्यालयमा पेश गर्ने गर्दछ । यसका साथै यस कार्यालयले प्रदेश सरकारको बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको संचालन सम्वन्धमा निर्देशन दिने, आन्तरिक लेखा परीक्षण गर्ने गराउने कार्यहरु समेत सम्पादन गर्दछ ।