वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
राजस्व व्यवस्थापन तथा अभिलेखीकरण
राजस्व सङ्कलन प्रणालीको अनुगमन: राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) लगायतका विद्युतीय प्रणालीमार्फत संकलित राजस्व तोकिएको सरकारी बैंक खातामा यकिन रूपमा दाखिला भए/नभएको नियमित अनुगमन गर्ने।
बैंक हिसाब मिलान (Bank Reconciliation): राजस्व खाता, खर्च (विनियोजन) खाता र धरौटी खाताको बैंक मौज्दात र कार्यालयको स्रेस्ताबीच नियमित रूपमा हिसाब मिलान गर्ने/गराउने र यथार्थ अवस्था पहिचान गर्ने।
विस्तृत अभिलेखीकरण र लक्ष्य-प्रगति विश्लेषण: सङ्घीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेशको आन्तरिक राजस्व संकलनको लक्ष्य र यथार्थ प्रगतिको अद्यावधिक अभिलेख राख्ने र सोको विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने।