NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा त्रयोदशी - २८

परिचय

प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा

प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधाम, धनुषा, मधेश प्रदेश, प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने अर्थ मन्त्रालय अन्तर्गत विभाग स्तरको निकाय हो । यो कार्यालय २०७४ साल फाल्गुन १ मा स्थापना भएको हो । यस कार्यालयले आर्थिक प्रशासन सम्वन्धमा आवश्यकता अनुसार विभिन्न निकायहरुसँग समन्वय गरी प्रदेश संचित कोषको लेखा अध्यावधिक राख्ने तथा सो को एकिकृत बार्षिक वित्तीय विवरण तयार गरी अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र महालेखापरीक्षकको कार्यालयमा पेश गर्ने गर्दछ ।

यसका साथै यस कार्यालयले प्रदेश सरकारको बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, आय व्ययको अभिलेख राख्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको संचालन सम्वन्धमा निर्देशन दिने, आन्तरिक लेखा परीक्षण गर्ने गराउने कार्यहरु समेत सम्पादन गर्दछ ।