वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
कोष व्यवस्थापन तथा बजेट कार्यान्वयन
सञ्चित कोष तथा अन्य कोषको सञ्चालन: एकल कोष खाता प्रणाली (Treasury Single Account - TSA) मार्फत प्रदेश सञ्चित कोष, धरौटी कोष, आकस्मिक कोष र अन्य सरकारी कोषहरूको पारदर्शी, सुरक्षित र प्रभावकारी सञ्चालन गर्ने।
बजेट निकासा र विद्युतीय भुक्तानी व्यवस्थापन: विद्युतीय भुक्तानी प्रणाली (EFT) को प्रयोग गरी प्रदेश मन्त्रालय र अन्तर्गतका निकायहरूलाई स्वीकृत वार्षिक कार्यक्रम र विनियोजनको आधारमा छिटो, छरितो र पारदर्शी रूपमा बजेट निकासा तथा सोझै खातामा भुक्तानी (Direct Payment) को व्यवस्था मिलाउने।
नगद प्रवाह तथा स्रोत परिचालन: वित्तीय तरलता (Liquidity) को निरन्तर विश्लेषण गरी प्रदेशलाई प्राप्त हुने सङ्घीय अनुदान, राजस्व बाँडफाँट, आन्तरिक ऋण र प्रदेशको आन्तरिक स्रोतको उच्चतम र कुशल परिचालन गर्ने।